शुक्रबार, ७ वैशाख २०८१

भारतिय विदेश मन्त्री सुष्मा स्वराजको मृगौला फेल,एम्स अस्पतालमा उपचार हुँदै

समयपोष्ट २०७३ मंसिर १ गते ६:५६

भारतिय विदेश मन्त्री सुष्मा स्वराजको मृगौला फेल भएको छ । बुधबार मन्त्री स्वराजले ट्वीटरमा ट्वीट गर्दै मृगौला खराब भएको जानकारी गराएकी हुन् । उनले ट्वीटमा लेखेकी छिन्  ‘म एम्स अस्पतालमा छुँ । मेरा मिर्गौला खराब भएका छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको छ । भगवान कृष्ण मलाई आशिर्वाद देऊ ।’

Advertisement

मन्त्री स्वराजको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा उपचार भईरहेको छ ।भारतिय मिडियाहरुका अनुसार गत नोभेम्वर सातमा उनलाई उपचारको लागि एम्स अस्पतालमा भर्ना गरिएको थियो । कार्डियो थोर्याकिक सेन्टर प्रमुख बलाराम एरान को बिशेष निगरानीमा उनलाई कार्डियो न्युरो सेन्टरमा राखिएको छ ।६४ बर्षिया मन्त्री स्वराज करीब विस बर्षदेखि मधुमेह रोगबाटबाट पिडित थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री