बिहीबार, १३ वैशाख २०८१

यस्तो ठाउँ जहाँ छोरीहरुलाई बेहुली बनाएर बेच्न लगिन्छ (फोटोफिचर )

समयपोष्ट २०७३ कार्तिक ३० गते ८:२३

मानिसहरु आफ्नो आवश्यकताका सामानहरु किन्न बजार जाने गर्दछन् । तर संसारमा यस्ता ठाउँ पनि छन् जहाँ बेहुली बिक्ने गर्दछन् । बुल्गेरियाको स्टारा जागोर नाम गरेको बजारमा हरेक तिन बर्षमा बेहुलीहरु बेच्न राखिन्छन् । यस बजारमा बेहुला आफुलाई मन परेकी बेहुलीलाई आफ्नो श्रीमती बनाउँन सक्छ । यो बजार बुल्गेरियाका एक गरीब समुदायका मानिसहरुद्धारा लगाउँने गरिन्छ जसको छोरीको विवाह खर्च उठाउँने आर्थिक हैसियतनै हुदैन । सो बजारमा केटीहरुलाई बेहुलीको पहिरनमा सजाएर लाने गरिन्छ।

Advertisement

1f

हरेक उमेरका युवतीहरु यस बजारमा सहभागि हुन्छन् । बेहुली किन्नको लागि बेहुलाको साथ उसका आमाबुवा पनि गएका हुन्छन् । यस बजारमा पहिले बेहुला आफुलाई मनपरेकी बेहुली रोज्ने गर्दछ त्यसपछि उनीहरु दुईबिच कुराकानी गर्ने समय दिईन्छ । केटालाई बेहुली मनपरे उसले केटीको आमाबुवालाई केटीको राखिएको मुल्य तिर्छ र केटीलाई लिएर जान्छ । यसरी केटी किन्ने परम्परा बुल्गेरियाको यस सहरमा पुस्तौ पुस्ता देखि चलिआएको छ र यसमा राज्यले पनि कुनै कानुनी रोक लगाएको छैन । 

2f

यो बजार बुल्गेरियाको कलाइदझी समुदायले लगाउँने गर्दछ । समुदायका अलावा कुनै पनि बाहिरी ब्यक्तिले यस बजारमा केटी किन्न भने पाउँदैनन् । केटीको साथ उनका परिवारका कोहि न कोहि बजारमा आएका हुन्छन् । आम रुपमा विवाहमा केटालाई केटीको तर्फबाट दाईजो दिने परम्परा रहिआएको छ तर यो समुदायमा केटा पक्षले केटीको परिवारलाई भने जति रकम दिएर मात्र केटीलाई साथमा लग्नसक्छन् । यसरी लगिएकी केटीलाई केटाको परिवारले बुहारी स्विकार गर्नै पर्ने परम्परा त्यस समुदायमा रहिआएको छ । 
 

3f

4f

5f

6f

7f

8f

9f

10f

11f

12f

13f

प्रतिक्रिया

सम्बन्धित सामाग्री