शनिबार, ८ वैशाख २०८१

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

समयपोष्ट २०७३ कार्तिक ३० गते ७:२७

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुने भएको छ । दुवै पार्टीका अध्यक्षहरुद्धारा मंगलबार जारी गरिएको प्रेस बिज्ञप्तीमा दुवै पार्टीबीच एकता हुने उल्लेख छ । जारी प्रेस बिज्ञप्ती अनुसार मंसिर छ गते एकता घोषणा सभा गरिने तय गरिएको छ  । 

Advertisement

आज भएको दुवै पार्टीको सहमति अनुसार एकिकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र पार्टीको चुनाव चिन्ह हलो रहने उल्लेख छ । पार्टी एकिकरणपछि अध्यक्ष र संसदीय दलको नेता कमल थापा हुनेछन् भने राप्रपाका अध्यक्ष रहेका पशुपति शमसेर राणा राष्ट्रिय अध्यक्ष रहनेछन् ।

दुई पार्टीबिच भएको सहमति अनुसार एकता महाधिवेशन अगाडी पार्टी अन्तरिम विधान अनुसार पार्टी सञ्चालन हुनेछ । 

राजा ज्ञानेन्द्रको शाही कदमलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा उत्पन्न विवाद पछि गएर पार्टी विभाजको स्थितिमा पुगेको थियो । २०४७ सालमा स्थापना भएको राप्रपाले सात पटकसम्म विभाजन मार भोगेको छ । 

दुवै पार्टी एककिरण पछि राप्रपाको सांसद सख्या ३७ हुनेछ । हाल राप्रपा नेपालको २५ र राप्रपाको १२ जना सांसद रहेका छन् । पार्टी एकिकरण पछि राप्रपा सत्तारुढ दलको रूपमा रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री