बुधबार, १२ वैशाख २०८१

नेपाल बैङ्कको चालु आर्थिक वर्षको वित्तीय विवरण सर्वजनिक ,बैङ्कको खुद नाफा एक अर्ब १६ करोड ६० लाख रुपैयाँ

समयपोष्ट २०७३ कार्तिक ३० गते ६:४१

नेपाल बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण सर्वजनिक गरेको छ । बैङ्कले जारी गरेको वित्तीय विवरणमा चालु आवको पहिलो त्रैमासिकमा एक अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

Advertisement

अघिल्लो आवको सोही अवधिमा बैङ्कले ४४ करोड ४३ लाख ६६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यो अवधिमा बैङ्कले आफ्नो खुद मुनाफा दुई सय ६३ गुणाले बढाएको छ । अर्थात् यो अवधिमा बैङ्कले आफ्नो खुद मुनाफा ७२ करोड १७ लाख १८ हजार रुपैयाँ बढाएको हो । 

६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बै‌कको अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

८६ अर्ब २२ करोड ३७ लाख रुपैयाँ निक्षेप रहेको बैङ्कले ६६ अर्ब तीन करोड १२ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कले खराब कर्जा ३ दशमलव १० प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ६१ पैसा रहेको बैङ्कको प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा पुगेको छ । 

बैंकेले एक अर्ब १७ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । आघिल्लो आवको सोही अवधिमा ६९ करोड ९१ लाख ९० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैङ्कले खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि गरेको छ ।  बैङ्कको जगेडा कोषमा एक अर्ब ५३ करोड ४५ लाख १२ हजार रुपैयाँ रहेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री