आइतबार, १४ मंसिर २०७७

चीनले माग्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा

समयपोष्ट २०७३ कार्तिक ३० गते २:०५

चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ । चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ ।

Advertisement

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको यस अवधारणा अन्र्तगत ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौँ सताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् । नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागि हुनका लागि दुई बर्ष यस संबन्धमा चीनसंग एक सझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागि हुने प्रतिबद्दता नेपाल सरकारले जनाएको थियो । तर वर्तमान सरकार यस अवधारणा प्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ । यस अवधारणाप्रति नेपालले स्पस्ट जवाफ दिन नसकेकै कारण चिनियाँ राष्ट्रपति सि जिन पिङ्को गत असोज अन्तिम हप्ताका लागि हुने भनिएको नेपाल भ्रमण रद्द भएको स्रोतको भनाई छ ।

Advertisement

नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधीमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सि जिन पिङ्को अग्रसरतामा शुरु भएको उक्त अवधारणाबाट नेपाल लगायत यस क्षेत्रका सबै मुलुकले लाभ लिनसक्ने बताएको थियो ।

प्रतिनिधीमण्डलले वान रोड वान बेल्ट अवधारणाबाट समग्र क्षेत्रको कनेक्टिभिटी बढाउन तथा चीन र नेपाल लगायत सार्क मुलुकहरुबीचको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताएको थियो । भेटमा वाणिज्यमन्त्री थकालीले नेपाल र चीन सदियौँदेखि घनिस्ट मित्रका रुपमा रहेका र दुवैले एक अर्काको भलाई र हित हुने गरी आपसि व्यावहार र सहयोग गरिरहेको बताएको वाणिज्यमन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

भेटमा मन्त्री थकालीले वान रोड वान बेल्ट अवधारणाको उच्च सराहान गरेका थिए । ‘यस अवधारणाबाट यस क्षेत्रका सबै छिमेकी देशहरुसँग सुदृढ र सबल कनेक्टिभिटी कायम भई नेपालको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउने मन्त्रीज्यूले विश्वास ब्यक्त गर्नुभयो’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री