शुक्रबार, १४ वैशाख २०८१

सुजतालाई ५० लाख दिने निणर्यको संसदमा विरोध

समयपोष्ट २०७३ कार्तिक २९ गते ८:३८


काँग्रेश नेत्रृ सुजता कोईरालालाई उपचार खर्च ५० लाख दिने सरकारको निर्णको संसदमा बिरोध भएको छ । आजको ब्यवस्थापिका संसदको बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले सरकारको सो निणर्य प्रति विरोध जनाएका हुन् । 

Advertisement

ब्यवस्थापिका संसदमा बोल्दै प्रतिपक्ष दल एमालेका सांसद प्रकाश ज्वालाले कोईरालाई ५० लाख दिने निणर्य भत्र्सना योग्य भएको बताए । उनले एउटै देशका नागरिबिच सरकारले विभेद गरेको बताउँदै रोल्पाकी एउटी महिला आर्थिक अभावमा उपचार हुन नसकेर मृत्यु भएको र अर्की महिलाले ५० लाख लिएर विदेश जाने भन्दै प्रश्न गरे ।उनले यो सरकारले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ६० लाख तथा उनका सहयोगीलाई समेत रकम र भत्ता दिँदा रोल्पाकी सुनकुमारीले उपचार रकमको अभावमा ज्यान गुमाउनुले सरकारको जनताप्रतिको जिम्मेवारी पुरा नभएको भन्दै आपत्ति जनाए । 
उनले उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्यविधि बनाएरमात्रै दिन र मनलाग्दी तवरले राज्यकोषको रकम नबाँड्न सरकारको ध्यानाकर्षण समेत गराए । 

एमालेका अर्का सांसद यज्ञराज सुनुवारले पनि अहिले जनता सिटामोल खान नपाएर अस्पतालको छतबाट हामफाल्नु परेको अवस्था छ । सरकारले यस्ता गरिब निमुखाबारे के सोचिरहेको छ भन्दै निणर्य प्रति आपत्ति जनाए ।

यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए। उनले यदि कसैलाई उपचार खर्च दिनुपर्ने भए मापदण्ड बनाएर मात्र दिनुपर्ने बताए ।

सांसद गिरीले राजनीतिज्ञ तुलसी गिरी, पूर्व प्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठले उपचार खर्च माग्दा नपाएको तर, अहिले ५० लाख दिने निर्णय विभेदपुर्ण भएको बताए । 

यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले अहिले पनि जनता उपचार खर्च नपाएर मरिहेको तर, सरकारले हुनेखाने र पैसा भएकाहरुलाई उपचार खर्च दिएको भन्दै विरोध गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री