बिहीबार, १३ वैशाख २०८१

सरकारद्धारा बिराटनगर जुट मिल, नेपाल औषधि लिमिटेड र हेटौडा कपडा कारखाना सञ्चालनको तयारी

समयपोष्ट २०७३ कार्तिक २६ गते ८:०८

सरकारले बिराटनगर जुट मिल, नेपाल औषधि लिमिटेड र हेटौडा कपडा कारखाना सञ्चालनको तयारी गरेको छ । 
शुक्रबार मोरङको बिराटनगर जुट मिलको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन । 
‘निश्चित उद्देश्यद्धारा प्रेरित भएर अवलोकन भ्रमणमा आएको छु । नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ, उनले भने ‘ विगतमा नीजिकरणका नाममा थुप्रै उद्योग धारासयी गरिए । मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु । आवश्यक गृहकार्य गरेर बिराटनगर जुट मिल छिटै सञ्चालन गरिनेछ ।’
बिराटनगर जुट मिल सञ्चालनबारे गोवा भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘गोवाको ब्रिक्स सम्मेलनका बेला मैले यस मिलको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको छु ।  एन्टि डम्पिङ ट्याक्स नलगाउन नरेन्द्र मोदीसँग कुरा गरिएको छ । चुनौतिपूर्ण भए पनि यो मिल सञ्चालन गरेरै छोड्नेछु ।’
अनुगमनका अवसरमा बिराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष निलहरि काफ्लेले बिराटनगर जुट मिलको वर्तमान अवस्था, सरकारले गर्नुपर्ने सहयोग र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री