बुधबार, १२ वैशाख २०८१

नोट गन्दागन्दै भारतमा महिलाको मृत्यु 

समयपोष्ट २०७३ कार्तिक २६ गते ७:४२


भारतमा ५०० र १००० रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको केही दिन भित्रै एक जनाको मृत्यु भएको छ । भारत स्थित कानपुरकी  एक बृद्ध महिलाको विहिबार नोट गन्दा गन्दै  हार्ट अट्याकबाट मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । पुलिसले मृतक महिलाको शवसंगै दुई लाख उनान्सत्तरी हजार रुपैयाँको ५०० र १००० का नोटहरु फेला पारेको छ । भारतिय सञ्चार माध्यमका अनुसार सन्नो नाम गरेकी बृद्ध महिला बीस बर्ष देखि घरमा एक्लै बस्दै आएकी थिईन । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री