शुक्रबार, १४ वैशाख २०८१

ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल बन्यो सन् २०१६ को उत्कृष्ट अस्पताल 

समयपोष्ट २०७३ कार्तिक २६ गते ७:३९

स्वास्थ्य उपचारको क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट सेवाका कारण काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल यस बर्षको उत्कृष्ट अस्पताल ‘’ हस्पिटल अफ द इएर २०१६’’ अवार्ड बाट सम्मानित भएको छ । 
बिरामीको उपचारमा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको उच्च मूल्याङ्कन गर्दै फ्रस्ट एण्ड सुलिभानले ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताललाई बर्षको उत्कृष्ट अस्पतालका रुपमा सम्मानित गरेको हो ।    
राजधानीको होटल सोल्टी क्राउन प्लाजमा बुधवार साँझ आयोजित बिशेष समारोहमा फ्रस्ट एण्ड सुलिभान द्वारा ग्राण्डि अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेलाई सो सम्मान हस्तान्तरण गरिएको थियो ।
सम्मान ग्रहण गर्दै ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले भने ‘’ हामीले धेरैबर्ष अघि देखेको सपना आज सार्थक भएको छ । फ्रस्ट एण्ड सुलिभानबाट यो अवर्ड ग्रहण गरेसँगै हामी थप जिम्मेवार भएका छौं । आगामी दिनमा थप स्तरिय सेवा दिन प्रेरित भएका छौ ।‘’  
उनले थपे ‘’यूरोपमा अध्ययन पछि बर्षौं त्याहाँ काम गरेर हाँसिल गरेको ज्ञान र सिप नेपालमा फर्केर अभ्यास गर्ने उत्कठ अभिलाषा सहित म नेपाल फर्कीए । त्यहाँपनि अवसरहरुको कमी थिएन । सबै छाडेर मातृभूमीमा बिश्वस्तरको उपचार सेवा शुरु गर्नुपर्छ भनी दक्ष तथा अनुभबी डाक्टरहरुको टिम बनाएर एउटा सुबिधासम्पन्न अस्पताल बनाउने परिकल्पनाको साकार रुप हो ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल ।‘’  
फ्रस्ट एण्ड सुलिभान नेपाल एक्सिलेन्स अवार्ड बिशेपज्ञ टोलीको गहन अध्ययन र अनुसन्धान पछि प्रदान गरिने लोकप्रिय सम्मान हो । 
बिभिन्न सेवा प्रदायक संस्थाहरुलाई उनीहरुको कार्यसम्पादन मूल्याङ्कन, बिषयगत बिशिष्टता, सेवा बिशिष्टिकरणमा खेलेको नेतृत्वदायि भूमिका, सेवा प्रवर्धनमा खेलेको बिशिष्ट भूमिका, राजश्व बृद्धि लगायतका बिबिध सूचकांकहरुमा आधारित अनुसन्धान र तुलनात्मक बिष्लेषणपछि यो सम्मान प्रदान गरिन्छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री