शुक्रबार, १४ वैशाख २०८१

इन्टरनेशनल एजेन्सी फर दि प्रिभेन्सन अफ ब्लाण्डनेसको कार्यकारी सदस्यमा प्रा.डा. तीर्थप्रसाद मिश्र निर्वाचित

समयपोष्ट २०७३ कार्तिक २६ गते ७:३०

नेपाल नेत्रज्योति संघक अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्र अन्धोपन निवारणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरुको छाता संगठन ‘इन्टरनेशनल एजेन्सी फर दि प्रिभेन्सन अफ ब्लाण्डनेस’को कार्यकारी सदस्यमा निर्वाचित भएका छन । 
मिश्र दक्षिण अफ्रिकाको डर्वन सहरमा सम्पन्न दसौँ साधारण सभाबाट आगामी चार वर्षका लागि कार्यकारी सदस्य पदमा निर्वाचित भएका हुन  ।
यस निर्वाचनमा प्रा.डा. मिश्रको नामलाई सेवा फाउण्डेसनले प्रस्ताव गरेको थियो भने अरविन्द आई केयर सिस्टम, भारतले समर्थन गरेको थियो । विश्वमा अन्धोपन निवारणका क्षेत्रमा क्रियाशील संस्थाहरुको छाता संस्थाका रुपमा रहेको इन्टरनेशनल एजेन्सी फर दि प्रिभेन्सन अफ ब्लाण्डनेसका हालसम्म विश्वमा १ सय १५ संस्थाहरु सदस्य रहेकाछन् ।

Advertisement

नेपालका तर्फबाट अन्धोपन निवारणको क्षेत्रमा क्रियाशील यस अन्तर्राष्ट्रिय संस्थामा पटक–पटक प्रतिनिधित्व गर्ने अवसर पाउनु संघका लागि मात्र नभएर देशकै लागि गौरवको विषय हो , नेपाल नेत्र ज्योति संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री