बिहीबार, १३ वैशाख २०८१

भारतीय सेनाध्यक्ष दलविर सिंह काठमाडौंमा

समयपोष्ट २०७३ कार्तिक २६ गते ७:०५


भारतीय स्थल सेनाध्यक्ष दलविर सिंह तीनदिने भ्रमणका लागि काठमाडौं आआईपुगेका छन् ।

Advertisement

प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निमन्त्रणमा शुक्रबार विहान उनी काठमाडौं आइपुगेका हुन् ।

नेपाली सेनाका अनुसार नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम ‘सूर्य किरण १०’ को निरीक्षण गर्न सिंह नेपाल आएका हुन् । ।

नेपाली सेना र भारतीय सेनाबीच वर्षौंदेखि एक अर्काको देशमा संयुक्त अभ्यास तथा तालिम गर्ने परम्परा रहिआएको  छ । अघिल्लो वर्ष भारतमा भएको तालिम यस वर्ष नेपालमा भएको हो ।

भारतीय सेनाध्यक्ष सिंह आइतबार स्वदेश फर्कने छन् ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री