शुक्रबार, ७ वैशाख २०८१

‘भारतिय नोटमा लागेको प्रतिबन्धले सीमा क्षेत्रका साना ब्यवसायी  र भारतमा रहेका नेपाली मारमा पर्छन्’

समयपोष्ट २०७३ कार्तिक २६ गते ६:४६

नेपाली काँग्रेशका नेता डा.रामशरण महतले छिमेकी मुलुक भारतले ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धले  सीमा क्षेत्रका साना व्यवसायी र भारतमा काम गर्ने नेपालीहरु मारमा पर्ने बताएका छन् । 

Advertisement

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा.रामशरण महतले भारतिय सरकारले नोटमा लगाएको प्रतिबन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराउँदै नेपालीलाई पर्ने असरको बारेमा जानकारी गराएका हुन् ।

व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता डा.महतले भने,स्रोत खुलेका,साना व्यवसायी र भारतमा काम गर्नेहरुको हित रक्षाका लागि सरकारले तुरुन्त कदम चालोस् ।अर्थमन्त्री स्वयंम क्रियाशील हुनुपर्यो र प्रधानमन्त्रीले जागर देखाउनुपर्यो।’

डा.महतले नोट प्रतिबन्धको निणर्यले भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण समेत गराए ।

ध्यानाकर्षण गराउँदै डा.महतले भने , ‘भारतबाट ती नोटहरु कालो धनका रुपमा नेपालमा भित्रिने मलाई डर लागेको छ’,‘यसबारे प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्युले जाँगर देखाउनुपर्यो, आजै, अहिल्यै यसलाई रोक्नेबारे पहल गर्नुपर्यो् ।’

सदनमा बोल्ने क्रममा डा. महतले राष्ट्र बैंकलाई उधृत गर्दै नेपालमा करिब ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री