शुक्रबार, ७ वैशाख २०८१

विर अस्पतालले सेवा विस्तारको लागि पायो पन्ध्र करोड

समयपोष्ट २०७३ कार्तिक २५ गते ८:४०


स्वास्थ्य मन्त्रालयले विर अस्पतालका विभिन्न सेवा विस्तार गर्न पन्ध्र करोड रुपैयाँ उपलब्ध गराएको छ । 

Advertisement

स्वास्थ्य मन्त्रालयले अस्पतालको पुरानो सघन उपचार कक्ष (आइसीयू)को स्तरोन्नती, टोकन प्रणाली लागू गर्न र रेडियोलोजी मेसिन बनाउन एकमुष्ट बजेट उपलब्ध गराएको हो ।

अस्पतालमा करीब छ महिनादेखि रेडियोलोजी मेसिन विग्रिएर सेवाग्राहीहरु मर्कामा परेका थिए । 

त्यस्तै  क्यान्सर वार्डको रेडियोलोजी मेसिन केही महिनादेखि बिग्रिएर थन्किएको अवस्थामा छ । मेसिन मर्मत गरेर छिट्टै सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।

 मेसिन नहुँदा सर्वसाधारणले अन्य अस्पतालमा गएर महँगो शुल्क तिरेर उपचार गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री