बुधबार, १२ वैशाख २०८१

एउटै लिखित परिक्षाले तिनपटक ट्रायल दिन पाईने

समयपोष्ट २०७३ कार्तिक २५ गते ६:१५


सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि पटक-पटक लिखित परीक्षा दिनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

Advertisement

एक पटक लिखित परिक्षा दिएकाले तिन पटकसम्म ट्रायल दिने मौका पाउँने भएका छन् ।

मंसिर एक गतेबाट यो ब्यवस्था सहित सवारी लाईसेन्सका लागि परिक्षा फर्म वितरण हुदै छ । 

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक आफुलाई प्रमाणित गर्न पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको यातायात ब्यवस्था विभागले जानकारी दिएको छ । 

 संशोधित व्यवस्था अनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने छन् ।

संशोधनमा लिखित परीक्षा पास गरेकाहरुले नब्बे दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री