बिहीबार, १५ चैत २०८०

एनआईसी एशिया बैंकको ७ स्थानमा रहेका नयाँ शाखाहरुको एक साथ उद्घाटन

समयपोष्ट २०७३ कार्तिक २४ गते ९:१८

एनआईसी एशिया बैंकको विभिन्न ७ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ विधिवत् उद्घाटन भएको छ ।

Advertisement

नयाँ शाखा  सहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम संख्या ६९ पुगेको छ ।

 शाखाहरुमध्ये बट्टारस्थित शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले उद्घाटन गरे भने अत्तरीया स्थित शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले गरेका छन् ।

त्यस्तै लेखनाथस्थित शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठीलेे, वाग्लुङ्गस्थित शाखाको उद्घाटन वाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले, बिरौटा स्थित शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेलले गरे ।

कावासोतीस्थित शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेल तथा दलललेस्थित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरे ।

बैंकले हरेक बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा छिट्टै नै थप शाखा संञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री