शुक्रबार, १६ चैत २०८०

क्रिकेटर सचिन तेंडुलकरकी यस्तो छ लव स्टोरी( फोटोफिचर)सहित

समयपोष्ट २०७३ कार्तिक २४ गते ६:२९

चर्चित भारतिय क्रिकेटर सचिन तेंडुलकरकी पत्नी अञ्जली उनी भन्दा करीब ६ बर्ष जेठी छिन । १० नोभेम्वरमा उनी आफ्नो ४९  बर्थडे सेलिब्रेट गर्दैछिन् । स्टार क्रिकेटरको पत्नी भएर पनि उनी सधै लाइम लाइटबाट टाढै रहने गरेकी छिन् ।

Advertisement

2

सचिनको अटोबायोग्राफी लञ्च हुने क्रममा यि दुई बिचको प्रेम कहानी बाहिर उजागर भएको थियो । त्यतिबेला सचिन र अञ्जलीले आफ्नो ब्यक्तिगत जिवनको बारेमा कर्यौ हिस्साहरु सार्वजनिक गरेका थिए । सचिन पत्नी अञ्जलीका अनुसार पहिलो पटक उनले सचिनलाई एयरपोर्टमा देखेकी थिइन् । देख्दा वित्तिक्कै उनी सचिनको पछि पछि दौडिएको उनले खुलाईन् । 

9

अञ्जली सचिनलाई सन् १९९०मा मुम्वई एयरपोर्टमा देखेकी थिइन् । त्यतिबेला सचिन् इंग्ल्याण्ड टुरबाट फर्किदै थिए । 
अञ्जली पनि आफ्नो आमालाई लिन त्यहा पुगेकी थिईन् । त्यतिनै बेला उनको नजर सचिनमा परेको थियो । जब उनले सचिन देशको युवा क्रिकेटर रहेको थाहा पाईन् उनी सचिनको पछि पछि भागेकी थिइन् । त्यतिबेला कोहि केटी आफ्नो पछि पछि दौडिएको देखेर सचिनलाई निकै लाज लागेको थियो । उनले पछाडी  फर्केर पनि नहेरी टाउँको भुईमा निहुराएर आफ्नो कारमा छिरेका थिए । 

1

सचिनलाई पहिलो पटक देखिसकेपछि अञ्जली कुनै पनि हालतमा सचिनसंग भेट्न र कुरा गर्न चहान्थिन् ।जहा इच्छा त्यहा उपाए भनेझै साथीको सहयोगमा उनले सचिनको नम्वर पत्ता लगाईन् र कुरा गरिन् । 
सचिनकी पत्नी अञ्जली पेसालो डक्टर थिइन् तर उनले सचिनको करिअर लागि  आफ्नो पेसा छाडेकी थिइन् । 

10

सचिन र अञ्जलीको विवाह अघिका केही रोचक प्रसंग 

जब सचिन र उनको सम्बन्ध अगाडी बढ्दै थियो उनी आफुलाई पत्रकार बताउँदै सचिनको घरमा सचिनलाई  भेट्न पुगेकी थिइन् । उनको आमाले उनलाई पहिलेनै सचिनलाई चक्लेट गिफ्ट दिदै गर्दा देखेकी थिइन् त्यसैले उनलाई शंका लागेर तिमी पत्रकारनै हो भनेर प्रश्न गरेकी थिइन् । 

8_

अञ्जलीको अनुसार सचिन प्राय विदेश टुरमा हुन्थे । त्यतिबेला न इन्टर्नेट थियो न त एस एम एस नै । फोनमा कुरा गर्न पनि यि दुई जोडिले महिनौ कुर्नु पर्नेहुन्थ्यो ।

3

जब सचिन न्युजिल्याण्डमा थिए त्यतिबेला सचिनकै प्लानमा अञ्जलीले सचिनको परिवारसंग उनीहरुको विवाह प्रस्ताव राखेकी थिईन् । किनकी सचिन परिवारसंग निकैनै डराउँथे । 

5

जब सचिन स्टार क्रिकेट क्लबसंग लण्डनमा खेल्दै थिए । त्यतिबेला अञ्जली पनि इंग्लाण्डमा थिइन् । उनको बुवाले उनलाई एक जना क्रिकेटरसंग भेटाउँने भनेका थिए तर अञ्जललीलाई त्यतिबेला  क्रिकेटमा रुचि थिएन । त्यसैले उनले सचिनलाइ भेट्न इन्कार गरेकी थिइन । सचिन त्यतिबेला सिर्फ पन्ध्र वर्षका थिए । 

1

अञ्जली र सचिनको लव अफियर पाँच बर्षसम्म चल्यो । त्यसपछि सचिनको जन्मदिनको दिन २४ अप्रिल १९९५ मा उनीहरुको मगनी भएको थियो । त्यसको एक महिना पछि २३ मेमा उनीहरुको विवाह भयो । जसमा केही मानिसलाई मात्र आमन्त्रित गरिएको थियो । विवाह हुँदा सचिन २२ बर्षका मात्र थिए । 

सचिनलाई पहिलो पटक एयरपोर्टमा देख्दा उनले सचिनलाई चिनेकी थिइनन् । साथीले उनलाई सचिनको वास्तविकताको बारेमा बताएपछि अटोग्राफ लिन उनी पछि पछि भागेकी थिइन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री