शुक्रबार, २० माघ २०७९

सुनसरी–४ (२) मा मन्सुरी विजयी

समयपोष्ट २०७९ मंसिर १४ गते २२:०७

Advertisement

सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक–वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी हुनुभएको छ ।

आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गर्नुभएको छ ।

विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री