बिहीबार, २७ वैशाख २०८१

इथियोपियाको टिगरेमा पर्याप्त मात्रामा सहायता पुगेन

समयपोष्ट २०७९ मंसिर १३ गते १६:००

Advertisement

विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको थियो ।

सो सम्झौता बमोजिम टिगरेमा मानवीय सहायता वितरणको काम सुरु भएको छ । विद्रोहीहरुले यसअघि सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले वितरण गर्दै आएको सहायता वितरणको काम पनि हुन दिएका थिएनन् ।

हाल त्यहाँ सहायता वितरण गर्न दिइए पनि अहिले यहाँ आवश्यक परेजति सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता वितरणसम्बन्धी एजेन्सी, ओचाले जनाएको हो ।इथियोपियाली सरकार र टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा अघिल्लो महिना युद्धविराम भएर यहाँ गर्न पाउने शान्तिपूर्ण कार्यहरुको सम्झौता पनि भएको छ ।

त्यस अन्तर्गत यहाँका नागरिकलाई आवश्यक पर्ने सहायता वितरणको काम पनि परेकाले राष्ट्रसङ्घीय निकाय र ती निकायको समन्वयमा अन्य सहायता संस्थाहरुले वितरण गरिरहेका बताइएको छ ।

Advertisement

इथियोपियाली सरकार र सो फ्रन्टका बीचमा भएको युद्धविराम जारी छ र यसैमार्फत शान्ति स्थापनाका लागि वार्ताका माध्यमबाट पहल भइरहेको जनाइएको छ । टिगरेका कम्तीमा पनि ५० लाख मानिसलाई खाद्यान्नको आवश्यकता परेको बताइएको छ । यहाँका नागरिकलाई खाद्यान्न अभावसँगै बालबालिका कुपोषणको शिकार हुन पुगेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा टिगरेका करिब ३० प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री