रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी हुनुभएको छ ।

उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो ।

Advertisement

गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिनुभयो ।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री