
मोरङ जिल्लामा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले १४ हजार सात सय ४० मत ल्याउनुभएको छ ।
मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले सार्वजनिक गर्नुभएको पछिल्लो विवरणअनुसार ३६ हजार नौ सय ६९ मतगणनामा नेकपा (एमाले)का लालबाबु पण्डितले १२ हजार एक सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले तीन हजार ४१ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ६ ‘१’ प्रदेशसभातर्फ नेकपा माओवादीका जीवन आचार्यले ११ हजार नौ सय ५६, नेकपा एमालेकी रीता न्यौपानेले ११ हजार छ सय पाँच र राप्रपाका हीरा भट्टराईले छ हजार सात सय ४२ मत ल्याउनुभएको छ । उहाँहरुले ३४ हजार दुई सय ७५ मतगणना गर्दा उक्त मत ल्याउनुभएको हो ।
मोरङ क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल(जोगी)ले १५ हजार चार सय ४७ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले ११ हजार चार सय ५६ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले १० हजार नौ सय सात मत ल्याउनुभएको छ । उहाँहरुले ४७ हजार सात सय ९८ मतगणनामा सो मत प्राप्त गर्नुभएको हो ।
यसैगरी क्षेत्र नं ५ ‘२’ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अमृतकुमार अर्यालले नौ हजार चार सय ७९, जसपा नेपालका जयराम यादवले छ हजार एक सय २२ र राप्रपाका राजेशकुमार वानियाले दुई हजार एक सय ६९ मत ल्याउनुभएको छ । उहाँहरुले २१ हजार नौ सय ७७ मतगणना गर्दा सो मत प्राप्त गर्नुभएको हो ।
यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले २० हजार सात सय ९८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विनोदप्रसाद ढकालले १२ हजार तीन सय ४८ र राप्रपाका रवि रिजालले एक हजार चार सय ३७ मत प्राप्त गर्नुभएको छ । उहाँहरुले मतगणना भएको ३९ हजार ४१ मा सो मत प्राप्त गर्नुभएको हो ।
यसैगरी क्षेत्र नं ४ ‘१’ प्रदेश सभातर्फ नेकपा एमालेका जयप्रकाश चौधरीले १४ हजार पाँच सय ८१, सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले १४ हजार दुई सय २७ र राप्रपाका आशनारायण माझी थारुले तीन हजार चार सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँहरुले मतगणना भएको ३८ हजार नौ सय ६६ मा सो मत प्राप्त गर्नुभएको हो ।










प्रतिक्रिया