शुक्रबार, ७ वैशाख २०८१

सेयर बजारमा परिसूचक ७ अङ्कले घट्यो

समयपोष्ट २०७९ मंसिर ६ गते १६:२३

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिमाण धमाधम आइरहेको समयमा पुँजी बजार मापक नेप्से परिसूचक भने घटेको छ ।

कारोबार रकम वृद्धि भए पनि परिसूचक भने ७ अङ्कले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार चुनावपछि खुलेको बजार ७.१३ अङ्कले घटेको हो ।

आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १३२ कम्पनीको स्क्रिप्टको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

आज १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमा ३७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका छन् ।

घटेको बजारमा पनि जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त सयपत्री हाइड्रो, सिद्धार्थ इक्वीटीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ । किनभने यी कम्पनीका सेयरको मूल्य बढेको छ ।

सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको सेयरको भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री