रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ ।

Advertisement

पछिल्लो मतपरिणामअनुसार १४ हजार नौ सय ६४ मत गणना हुँदा कांग्रेसका आचार्यले नौ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले चार हजार छ सय ७० मत प्राप्त गर्नुभएको छ ।

हालसम्म गणना भएको मतमध्ये तीन सय ९७ मत बदर भएको छ ।

रसुवामा मतदाता सङ्ख्या ३९ हजार चार सय ५९ रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री