सुर्खेत २ मा मतान्तरण बढाउँदै कांग्रेसका थानी

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लग्नुभएको छ ।

Advertisement

२५ हजार तीन सय २१ मतगणना हुँदा उहाँले ११ हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले नौ हजार चार सय ४३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्रीभन्दा थानी दुई हजार चार सय ४२ मतले अगाडि हुनुहुन्छ ।

यस्तै २५ हजार तीन सय २१ मतगणना हुँदा राप्रपाले आठ सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार तीन सय ८३ मत, नेपाल मजदुर किसान पार्टीले एक सय सात मत, जनता समाजवादी पार्टीले एक सय ४२ मत, स्वतन्त्र (लाटोकोसेरो)ले १८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (तिर) ले एक सय पाँच मत, दुई वटा मानिस २४ मत प्राप्त गर्नुभएको छ भने एक हजार तीन सय ४६ मत बदर भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री