
प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले तीन सय ९४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका बालकिशोर यादवले दुई सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासले जानकारी दिनुभयो ।
जनमत पार्टीका सुखदेव साहले दुई सय मत ल्याउनुभएको छ ।
सर्वदलीय बैठक बसेर आज दिउँसोबाट यहाँ मतगनणा सुरु भएको थियो ।










प्रतिक्रिया