
बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा चार जना प्रहरीको ज्यान गएको छ ।
सोमबार बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडीकाे थुम भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा चार जना प्रहरीको ज्यान गएको हो ।
उक्त जिपमा १४ जना सवार थिए ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।










प्रतिक्रिया