बाजुराको त्रिवेणीमा गोली चल्दा एकको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

सोही क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

एक स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा मतदान रोकिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री