यी स्थानमा हुँदैछ काठमाडौंको मतगणना

काठमाडौंको मतगणना छुट्टाछुट्टै स्थानमा हुँने भएको छ ।

Advertisement

प्रतिनिधि सभामा १० वटा निर्वाचन क्षेत्र र २० वटा प्रदेश सभामा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना एकैपटक फरक-फरक स्थानमा हुँन लागेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना संघीय संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र) नयाँबानेश्वर, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ४ को बुढानिलण्डको चपलीमा रहेको जेष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वरको धर्मस्थलीमा र ७ को बालाजुको जुडो हलमा हुने भएको छ ।

यस्तै, क्षेत्र नम्बर ८ को स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रविभवन, र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्मृती भवनमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री