जिरी मतदान केन्द्रमा हवाई फायर, भेड्पु, मालु र नाम्दुमा तनाव

दोलखाको विभिन्न स्थानमा हवाई फायर र सामान्य झडपका घटना घटेका छन् ।

Advertisement

मतदानको क्रममा विवाद भएपछि जिरी नगरपालिकाको मतदान केन्द्रमा हवाई फायर भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ९ स्थित कालिका मावि चिपचिपे मतदान केन्द्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।

गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच होहल्ला र विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

सो मतदान केन्द्रमा २ घण्टादेखि मतदान स्थगित भएको र पुनः सुचारु गराउने प्रयास भइरहेको छ । जिल्लाको मेलुङ गाउँपालिका ४ स्थित जुके मावि मतदान केन्द्रमा पनि तनाव भएको छ ।

Advertisement

एमाले र गठबन्धनका कार्यकर्ताबीच कुटाकुट हुँदा केही घाइते भएका छन् भने विहान केहीबेर मतदाताहरु तितरवितर भएका थिए ।

यसैगरी विहानै मतदान सुरु भएलगत्तै तामाकोशी गाउँपालिकास्थित मालुमा पनि तनाव भएको थियो । सो क्रममा केही घाइते भएका छन् भने रोकिएको मतदान केहीबेर अघिदेखि सुचारु भएको छ ।

तामाकोशी गाउँपालिकामा गोल्मेश्वर मतदान केन्द्र र अमर माविमा तनाव सिर्जना भएको छ ।

बैतेश्वर गाउँपालिकास्थित नाम्दुमा पनि तनाव भएको छ । नाम्दुमा केहीबेर तनाव भएको मतदान अधिकृतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री