
प्रतिनिधिसभा सदस्यको लागि परासी–१ बाट उम्मेदवार बनेका उद्योगी विनोद कुमार चौधरीले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् ।
उनी सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।
परासी–१ बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । तर, चौधरीले मतदान भने नवलपुर–१ बाट गर्नेछन् । मतदाता नामावलीमा उनको नाम नवलपुर–१ मा रहेको छ ।
पहिला एउटै जिल्ला रहेको नवलपरासीलाई पछि टुक्राएर बर्दघाट सुस्ता पूर्वलाई नवलपुर र बर्दघाट सुस्ता पश्चिमलाई परासी जिल्ला बनाइएको छ ।









प्रतिक्रिया