चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार देवानलाई स्पष्टीकरण

निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेकपा (एमाले) को चुनावी प्रचारप्रसारमा संलग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

Advertisement

निर्वाचन आचारसंहिता, २०७३ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत उहाँलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री