पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन : नेटो प्रमुख

नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताउनुभएको छ ।

Advertisement

उहाँले युक्रेन युद्धको कारण घट्ने कुनैपनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने दावी गर्दै पोल्याण्डको सीमा क्षेत्रमा भएको विस्फोटमा पोल्याण्डविरोधी आक्रमणको कुनै आभास नभेटिएको बताउनुभएको छ ।

नेटोका राजदूतहरूको बैठकको अध्यक्षता पछि स्टोलटेनबर्गले भन्नुभयो, “यस घटनाको अनुसन्धान जारी छ, र हामीले यसको परिणामको प्रतीक्षा गर्न आवश्यक छ । तर हामीसँग यो जानाजानी गरिएको आक्रमणको परिणाम थियो भन्ने कुनै सङ्केत छैन ।”

“हाम्रो प्रारम्भिक विश्लेषणले युक्रेनी हवाई प्रतिरक्षा क्षेप्यास्त्रले युक्रेनी भूमिको रक्षाका लागि रूसी क्रुज क्षेप्यास्त्र आक्रमणबाट बच्नका लागि प्रहार गरेको हुन सक्ने देखाएको छ,” नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री