मंगलबार, १ जेठ २०८१

१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०७९ कार्तिक २८ गते ११:२८

Advertisement

नेपाल राष्ट्र बैंकले आज१३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएकाे छ ।

बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

सोमबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट ट्रेजरीको बोलकबोल हुने छ । बिक्री भने कात्तिक २९ गते मंगलबार हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे फागुन २ गते परिपक्व हुनेछन्। साथै बैंकले १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे २०८० जेठ २ गते परिपक्व हुनेछन्।

Advertisement

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री