आज तीन प्रदेशमा वर्षा र दुईमा हिमपात

आज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा र दुईमा हिमपात हुने सम्भावना देखिएको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भूभागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार रातको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री