कल सेन्टरमा प्रश्न : ‘चुनाव चिह्न केके छन् ?’

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले कल सेन्टर सुरु गर्‍यो।

Advertisement

मतदाता शिक्षा र निर्वाचनसँग सम्बन्धित गुनासो र प्रश्नलाई समाधान गर्न सुरु भएको कल सेन्टरमा अन्य विषयभन्दा ‘चुनाव चिह्न केके छन्’ भन्ने प्रश्न धेरै आउने गरेको आयोगका कर्मचारी बताउँछन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई भन्छन्, ‘चुनाव चिह्न र मतदाता नामावलीका प्रश्न धेरै आएका छन्। यी प्रश्नलाई हेर्दा मतदाता शिक्षा अझै धेरै दिन आवश्यक छ भन्ने देखिन्छ। तर, यो कल सेन्टर धेरै प्रभावकारी भएको हाम्रो बुझाइ छ।’

निर्वाचन लक्षित प्रश्न र गुनासा सोध्न सर्वसाधारणले आयोगले निःशुल्क उपलब्ध गराएको कल सेन्टरमा फोन गर्न सक्छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता भट्टराईका अनुसार निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गरिएको हो। आजको अन्नपूर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री