कालीकोटका नौवटै स्थानीय तहमा नमूना मतदान

कालीकोट जिल्लामा नौवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम सञ्चालन भएको हो ।

जिल्लाका नौवटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि जिल्ला निर्वाचन कार्यालय कालीकोटले नमूना मतदान कार्यक्रम आयोजना गरेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताउनुभयो । “जिल्लाका सबै वडाहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “नमूना मतदानले मतदाता शिक्षा तथा बदर मत घटाउन सहयोग गर्छ ।”

मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढङ्गले पूर्वजानकारी दिनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी मल्लले बताउनुभयो । कालीकोट जिल्लामा ८० हजार सात सय ३३ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री