शुक्रबार, २१ वैशाख २०८१

ज्योति लाइफको खुद नाफा १३३.२८ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ कार्तिक २५ गते १२:२३

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३३.२८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पहिलो त्रैमाससम्ममा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ८१ लाख रुपैयाँ र बीमालेख धितोमा ९२ करोड २३ लाख रुपैयाँ लगानी गरी २ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले १०९ वटा दाबी बापत ८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९९ वटा दाबी बापत ६ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री