निर्वाचनको पूर्वसन्ध्यामा किन नेपाल आउँदैछन् चिनियाँ उपमन्त्री ली छ्युन ?

चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल भ्रमणमा आउने भएका छन् ।

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ ली नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताईएको छ ।

चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री