मंगलबार, ६ चैत २०८०

यी पाँच राशीका व्यक्तिलाई हिरा लगाउनु अशुभ, कहिले मिल्दैन सफलता

समयपोष्ट २०७९ कार्तिक २४ गते १२:१९

Advertisement

मानिसले लगाउने हरेक रत्नले राशी अनुसार मानिसको जीवनमा शुभ र अशुभ फल दिने ज्योतिषशास्त्रमा उल्लेख छ ।

ज्योतिषशास्त्रका अनुसार हिरा सबै राशीका मानिसहरुका लागि उपयोगी नहुँने उल्लेख छ ।

हिरा धन र वैभवको कारक शुक्र ग्रहसंग सम्बन्धित भएका कारण मेष, कर्कट, सिंह, वृक्षिक र मीन राशीका लागि अशुभ मानिन्छ । मेष राशी भएका मानिसले हिरा लगाए जीवनमा कठिनाईको सामना गर्नुपर्ने साथै आर्थिक समस्या झेल्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ ।
कर्कट राशीका लागि पनि हिरा अशुभ मानिन्छ । यसले दुर्भाग्य निम्त्याउने बताईन्छ । कुण्डलीमा शुक्रको महादशा चलिरहेको छ भने ज्योतिषको सल्लामा मात्र हिरा धारण गर्न सकिन्छ । हिरा लगाउनाले सिंह राशीका व्यक्तिको जीवनमा समस्या निम्तन, धन हानी हुँने साथै असफलताको सामाना गर्नुपर्ने हुन्छ । वृक्षिक राशीको स्वामी मंगल हो । मंगल र शुक्तबिच सधै बेमेल हुन्छ ।

त्यसकारण यी राशीले हिरा लगानुअघि ज्योतिषको सल्लाह लिनुपर्ने हुन्छ । मीन राशीका लागि शुक्र तेस्रो र आठौँ घरको स्वामी हो । त्यसकारण यी राशी भएकाहरु हिरा लगानबाट जोगिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री