बुधबार, २ जेठ २०८१

‘नबिल फ्लेक्सी क्याप फण्ड’को इकाई विक्री खुला

समयपोष्ट २०७९ कार्तिक २३ गते ८:०१

Advertisement

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आजबाट नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्दैछ।

प्रति इकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ।

जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

Advertisement

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री