शुक्रबार, १४ वैशाख २०८१

टाटाका गाडी महंगिने, ०.९० प्रतिशतले मूल्य बढ्ने

समयपोष्ट २०७९ कार्तिक २० गते १३:०५

Advertisement

टाटा मोटर्सको कार महँगो हुने भएको छ ।

टाटा मोटर्सले यात्रुवाहक सवारी साधनको मूल्य ०.९० प्रतिशतले बढाउने कम्पनीले जनाएको छ । बढेको यो मूल्य नोभेम्बर ७ गतेदेखि लागू हुनेछ । टाटाको प्यासेन्जर भेहिकल सेगमेन्टमा सफारी, ह्यारियर, अल्ट्रोज, नेक्सन, टियागो र टिगोर जस्ता कारहरू छन्। यो वर्षमा टाटा मोटर्सले आफ्नो गाडीको मूल्य बढाएको यो चौथो पटक हो ।

टाटा मोटर्सका अनुसार आफ्ना यात्रुवाहक गाडीको मूल्य औसत ०.९० प्रतिशतले बढाइनेछ। तर, मूल्य कति बढ्छ, त्यो भने भेरियन्ट र मोडलअनुसार अर्थात् सबै गाडीको मूल्य छुट्टाछुट्टै बढ्नेछ ।

टाटा मोटर्सले यसअघि जुलाईमा लागत बढेको कारण मूल्य बढाएको थियो। यात्रुवाहक सवारी साधनको मूल्य ०.५५ प्रतिशतले बढेको छ । यसअघि अप्रिलमा पनि करिब १ दशमलव १ प्रतिशतले मूल्य बढाइएको थियो । यति मात्र होइन, यसअघि जनवरी २०२२ मा विभिन्न मोडल र भेरियन्टका आधारमा कम्पनीले ०.९ प्रतिशतले वृद्धि गरेको थियो । त्यसबेला पनि आगत लागत बढेका कारण मूल्य बढाइएको थियो ।

अक्टोबर २०२२ मा टाटा मोटर्सको कुल बिक्री ७८,३३५ इकाइहरू रह्यो, जुन वार्षिक रूपमा १५.४९ % बढी थियो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६७ हजार ८२९ सवारीसाधन बिक्री गरेको थियो । अक्टोबरमा, टाटा मोटर्सको कुल घरेलु बिक्री वार्षिक रूपमा १७% बढेर ७८,३३५ इकाई पुगेको छ। जुन अक्टोबर २०२१ मा ६५,१५१ युनिट थियो।

अक्टोबर २०२२ मा, टाटा मोटर्सले घरेलु बजारमा कुल ४५,४२३ यात्रुवाहक सवारी साधनहरू बिक्री गरेको छ । जसमा विद्युतीय सवारी साधनहरू पनि छन्। जबकि अक्टोबर २०२१ मा कम्पनीले आन्तरिक बजारमा कुल ३४,१५५ यात्रुवाहक सवारीसाधन बिक्री गरेको थियो ।

टाटा मोटर्सले सेप्टेम्बरको अन्त्यमा आफ्नो लोकप्रिय ह्याचब्याक टाटा टियागोको EV भेरियन्ट लन्च गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री