एकैदिन १४ सय रूपैयाँले बढ्यो सुनको मुल्य

आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको छ ।

Advertisement

सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जानकारी दिएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री