बस दुर्घटना अपडेट : २० घाइते, पाँच जनाको अवस्था गम्भीर

यात्रु लिएर काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस आज साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ ।

Advertisement

पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री