मुक्तिनाथमा राष्ट्रपति भण्डारीद्धारा बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास (तस्विरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ ।

Advertisement

आज बिहान सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएको भण्डारीले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्नुभएको छ ।

Advertisement

मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति आजै काठमाडौँ फर्कने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री