आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।

यीबाहेक देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

साथै शुक्रबार रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री