मंगलबार, १ जेठ २०८१

१७ अर्ब रूपैयाँले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

समयपोष्ट २०७९ कार्तिक १६ गते १४:०४

Advertisement

बाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रूपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार कार्तिक ४ गतेदेखि कार्तिक ११ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट १७ अर्बले घटेर ४५ खर्ब २४ अर्ब पुगेको छ।

समीक्षा अवधिमा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाएका छन् । गत असोज ३१ गतेसम्म ४२ खर्ब २० अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ११ गतेसम्म ५ अर्ब रूपैयाँले कर्जा बढाउँदै कुल ४२ खर्ब २५ अर्ब लगानी गरेका छन् ।

त्यस्तै कार्तिक ४ गते बैंकहरुको सिडी रेसियो ८७.२३ प्रतिशत रहेकोमा कार्तिक ११ गते बैंकहरुको सिडी रेसियो ८७.५८ प्रतिशत रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री