बिहीबार, ३ जेठ २०८१

भायानेट कम्युनिकेसनले आइपिओ जारी गर्ने

समयपोष्ट २०७९ कार्तिक १६ गते १२:५३

Advertisement

नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायकभायानेट कम्युनिकेशन प्रालिले साधारण सेयर जारी गर्ने भएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको यस कम्पनीले साधारण सेयर जारी गर्ने उदेश्यले नाम परिर्वतन गरेको जनाएको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।

सो कम्पनीले सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गर्यो।

Advertisement

सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडीकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको थियो।

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्य एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनायो। आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्‍यो। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच-अप टिभी जस्ता सुविधा तथा सेवाहरू मार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भयो।

कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ। उपत्यका र सहर क्षेत्रमा बलियो रुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ।

भायानेट देशका ३० सहरमा विस्तारित भईसकेको छ। आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। नेपालमा अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री