शुक्रबार, ७ वैशाख २०८१

रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल योजना : पछाडि शुन्य थप गरि लाखौँ जित्ने अवसर

समयपोष्ट २०७९ कार्तिक १६ गते १२:४६

Advertisement

समेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्न सक्नेछन् ।

यस कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यद्यपि ५० भन्दा धेरै संख्यामा ० को कुपन भएपनि प्रत्यक कुपनमा एकपटक मात्र ० – शून्य) लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्नेछ ।

उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,०००

यदि रु. ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिनेछ ।

यसको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना २०७९ साल कार्तिक १५ गते मंगलबार देखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री