शुक्रबार, ४ जेठ २०८१

ट्वीटर भेरिफाइड गराउन मासिक कति तिनुपर्छ ?

समयपोष्ट २०७९ कार्तिक १६ गते ९:१२

Advertisement

ट्वीटरको एकाउन्ट भेरिफिकेसन अर्थात् ‘ब्लु टिक साइन’ पाउन मासिक ८ डलर तिर्नुपर्ने भएको छ ।

यसअघि ‘ब्लु टिक साइन’पाउन मासिक २० डलर तिर्नु पर्ने चर्चा थियो । ट्वीटरका प्रमुख एलन मस्कले यो रकम मासिक ८ डलर भएको बताएका छन् ।

मासिक ८ डलर तिर्नेलाई प्रयोगकर्ताले रिप्लाई, मेन्सन र सर्चमा प्राथमिकता दिईने मस्कले उल्लेख गरेका छन् । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताले अरुको भन्दा लामो अडियो तथा भिडियो पोस्ट गर्न सक्ने बताईएको छ । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताको ट्वीटरमा अन्य प्रयोगकर्ताको तुलनामा आधा मात्र विज्ञापन देखिने मस्कले बताएका छन् ।

राजनीतिक दलका नेताको एकाउन्टमा भने उनीहरुको परिचय दिनको लागि छुट्टै ट्याग हुने मस्क्ले उल्लेख गरेका छन् । जुन ब्यबस्था अहिले पनि कायम छ ।

Advertisement

एलन मस्कले ट्वीटर खरिद गरेसँगै उनले ट्वीटरका कर्मचारीहरुलाई आगामी नोभेम्बर ७ सम्ममा भेरिफिकेसन अर्थात् ‘ब्लु टिक साइन’ पाउनको लागि पैसा तिर्नु पर्ने ब्यबस्था कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री