बुधबार, २ जेठ २०८१

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना

समयपोष्ट २०७९ कार्तिक १६ गते ७:५८

Advertisement

महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।

योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरू मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

बैँकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु.एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैँकले जनाएको छ ।

Advertisement

बैँकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथसाथै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री