शुक्रबार, १४ वैशाख २०८१

 माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई २१.८४ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७३ कार्तिक २० गते ८:०९

 माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिले गतबर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कूल २१.८४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बाषिर्क साधारणसभाबाट पारित भए पश्चात हालको चूक्तापूँजीको २०.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम आगामी आषाढ मसान्तभित्रमा बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्‍याउन अघिल्लो बाषिर्क साधारण सभाले पारित गरे बमोजिमको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रस्तावित बोनश सेयर समेत जारी गरी नपुग हुने चुक्ता पूँजीका लागि बैकले आगामी बाषिर्क साधारण सभाबाट नै थप आवश्यक हकप्रद सेयर समेत जारी गर्न प्रस्ताव गर्ने बताएको छ ।

बैंकले थप पूँजी बृद्धि तथा व्यवसाय विस्तारका लागि अन्य कुनै बैंक वा वित्तिय संस्थासँग मर्जर/ एक्विजिसन गर्ने सम्बन्धमा समेत बाटो खुला राखेर अगाडि बढेको जनाएको छ । बैकको हालको चुक्ता पूँजी ३ अर्ब ८६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री